सरकारी छाप किर्ते गर्ने व्यवसायी बस्नेतले गरे प्रहरीसमक्ष आत्मसमर्पण

सरकारी छाप किर्ते गर्ने व्यवसायी बस्नेतले गरे प्रहरीसमक्ष आत्मसमर्पण
+
-

धनगढी– सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोग लागेपछि अढाई महिनादेखि फरार रहेका औषधि व्यवसायी दुष्यन्त बस्नेतले प्रहरी समक्ष मंगलबार आत्मसमर्पण गरेका छन्।

लामो समयदेखि फरार रहेका अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक बस्नेतले आत्मसमर्पण गरे पनि उनका व्यवसायिक साझेदार प्रदीप अग्रवाल भने अझै फरार नै रहेका छन्।

बस्नेतले आत्मसमर्पण गरेको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले उनलाई अदालतमा पेश गरी पाँच दिन म्याद थपिएको बताए। प्रहरी उपरीक्षक गिरीले पाँच दिनसम्म अनुसन्धान गरिने जानकारी दिए।

लगातार तीन आर्थिक वर्षसम्म कर चुक्ता प्रमाण पत्र किर्ते गरेर टेण्डर लिएको प्रमाणित भएपछि अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुष्यन्त बस्नेत र प्रदीप अग्रवाललाई पक्राउ गर्न प्रहरीले अदालतको अनुमति पाएको अढाई महिनापछि बस्नेतले आत्मसमर्पण गरेका हुन्।

अमित मेडिसिन डिस्ट्रिब्युटर्सले गेटा आँखा अस्पतालको औषधि आपूर्ति गर्ने टेण्डर लिनका लागि आर्थिक वर्ष २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ मा कर चुक्ता गरेको प्रमाणपत्र किर्ते गरेको थियो। यी तीनवटै आर्थिक वर्षमा पेश गरिएका कर चुक्ता प्रमाणपत्रहरु किर्ते रहेको आन्तरिक राजश्व कार्यालय धनगढीले पुष्टि गरिसकेको छ।

बस्नेतमाथिको अभियोग पुष्टि भए उनलाई सात वर्ष कैद सजायसँगै ७० हजार रुपैयाँ जरिवाना हुनेछ। साथै सरकारले दावी गरेको बिगो रकम समेत उनले तिर्नुपर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?