नक्कली प्रहरी बनेर रकम असुल्ने तीनजना पक्राउ

नक्कली प्रहरी बनेर रकम असुल्ने तीनजना पक्राउ
+
-

धनगढी– सुदूरपश्चिम प्रदेशको हाल राजधानी रहेको धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङ खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ घर भई हाल धनगढी उप–महानगरपालिका वडा नम्वर ७ मनहेरा बस्ने ३२ वषीर्य शनम भण्डारी, धनगढी उपमहानगरपालीका वडा नम्बर ५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कन्चनपुर पुनर्वास नगरपालिका वडा नम्वर ५ घर भई हाल धनगढी उप महानगरपालीका वडा नम्वर १ बस्ने ३३ वर्षीय किशन सिजापती रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

माघ २ गते धनगढी उपमहानगरपालीका वडा नम्बर ३ बडहरा घर भइ मिलनचोक स्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा, साईकल मर्मत पसलबाट उनीहरुले रकम असुली गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शर्मालाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरीको हो र आफूहरु जिल्ला प्रहरी कार्यालयबाट आएका हौँ भन्दै तीन जनाले दुई हजार पाँच सय रकम असुली गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?