सुदूरपश्चिम प्रदेशसभामा नौ स्थानबाट भिडियो कन्फ्रेन्स

सुदूरपश्चिम प्रदेशसभामा नौ स्थानबाट भिडियो कन्फ्रेन्स
+
-

धनगढी– सुदूरपश्चिम प्रदेशसभाले प्रदेशका नौ वटै जिल्लाबाट एक साथ भिडियो कन्फ्रेन्स गर्न सक्ने डिजिटल प्रविधि जडान गरेको छ ।

नौ जिल्लाका प्रतिनिधिहरुसँग एक साथ परिचयात्मक कार्यक्रम गरी सभामुख अर्जुनबहादुर थापाले बुधबार सो भिडियो कन्फ्रेन्स प्रविधि उद्घाटन गरेका हुन् ।

प्रदेशसभा सचिवालयको बैठक कक्षमा क्यामेरासहितको एलइडि मोनिटर, अडियो सिस्टम र २० एमपिएरको इन्टरनेट जडान गरिएको छ ।

प्रदेशका सात पहाडी जिल्ला र कञ्चनपुर जिल्ला समन्वय समितिको हलमा समेत सोही प्रविधि जडान गरिएको छ । कैलाली जिल्ला समन्वय समिति प्रदेश सभा सचिवालयसँगै रहेको हुनाले कैलालीको टीकापुर नगरपालिकाको हलको सो प्रविधि जडान गरिएको छ ।

भिडियो कन्फ्रेन्स उद्घाटनमा पहाडका सात वटै जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु र टीकापुर नगरपालिकाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

प्रदेशसभा सचिवालयको भिडियो कन्फ्रेन्स हलमा सभामुख थापा लगायत प्रदेशसभा सदस्यहरुको सभागिता थियो । भिडियो कन्फ्रेन्स हलमा नौ स्थानबाट एकै पटक भिडियो कनेक्ट गरी सबै ठाउँमा एकै किसिमका भिडियो देखिने र अडियो सुनिने व्यवस्था गरिएको छ ।

सभामुख थापाले सो प्रविधिले प्रदेशसभाले सबै जिल्लासँग एक साथ गर्नुपर्ने छलफल आफ्नै हलमा बसेर सबैसँग गर्न सक्ने बताए । उनले प्रदेशसभा सदस्यहरु तथा समितिहरुले समेत स्थानीय जनतासँग समेत आफ्नै कार्य कक्षबाट सीधा संवाद गर्न सक्ने बताए ।

यसका साथै विपद्को बेलामा समेत सोही प्रविधिबाट छलफल गरी समस्या समाधानका लागि छलफल गरी निर्णय गर्न सकिने सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि) को सहयोगमा भिडियो कन्फ्रेन्स हल स्थापना गरेको हो।

प्रदेशसभा सचिवालयले युएनडिपिकै सहयोगमा प्रदेशसभाको गतिविधि युट्युवमा लाईभ गर्ने लगायतको डिजिटल प्रविधि प्रदेशसभामा जडान गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?