मौसम सुध्रिएपछि सिमकोटमा जडिबुटी ढुवानी गर्न खच्चड व्‍यावसायीलाई भ्याइ-नभ्याइ

मौसम सुध्रिएपछि सिमकोटमा जडिबुटी ढुवानी गर्न खच्चड व्‍यावसायीलाई भ्याइ-नभ्याइ
+
-

सिमकोट- जडिबुटी जिल्ला बाहिर निकासी हुन थालेपछि गाउँबाट सदरमुकाम सिमकोटसम्म जडिबुटी ढुवानी गर्न खच्चड व्‍यवसायीलाई भ्याइनभ्याइ भएको छ।

लामो समय हिमपातपछि मौसममा सुधार आउँदा रोकिएको जडिबुटी ब्यापारीहरुले जिल्ला बाहिर ढुवानी गर्न थालेपछि गाउँ गाउँमा रहेको जडिबुटी सिमकोट ढुवानी गर्न थालिदा खच्चड व्‍यवसायीलाई कामको चटारो थपिएको हो।

हिमपात कै कारण डेढ महिनासम्म काम गर्न नपाएका खच्चड व्‍यवसायीहरुले व्‍यापारीहरुको जडिबुटी जिल्ला बाहिर निकासी हुन थालेपछि गाउँगाउँबाट जडिबुटी ढुवानी गर्न भ्याइ नभ्याइ भएको खच्चड व्‍यवसायी भीमबहादुर शाहीले बताए।एक पटकमा एक वटा खच्चडले सत्तरी देखि असी केजीसम्म जडिबुटी ढुवानी गर्न सक्छन्।

सात वटा खच्चड भएका शाहीले दैनिक साढे पाँच क्वीन्टलसम्म जुडिबुटी ढुवानी गर्ने गरिन्छ। जडिबुटी ढुवानी गर्ने दूरी हेरिप्रति केजी पन्ध्र रुपियाँ देखि सत्तरी रुपियाँसम्म पर्ने गरेको छ।अहिले दैनिक चौबीस हजार रुपियाँ खच्चडबाट जडिबुटी ढुवानी गरेर कमाइ हुने गरेको शाहीले बताए।

एघार वटा खच्चड भएका जय बहादुर रोकायाको पनि लामो समय हिमपात पछि जडिबुटी ढुवानी गरेर कमाई सुरु भएको छ। डेढदेखि दुई महिनासम्म खच्चड पाल्ने काम मात्र भएपनि अहिले भने दैनिक बत्तीस हजार कमाई हुने गरेको उनले बताए।

हिमपात पछि बाटोमा जमेको हिउँ पग्लिदा जडिबुटी ढुवानी गर्न सहज भएको र कमाई पनि राम्रो हुने गरेको उनले बताए। शाही र रोकाया दुई जना खच्चड ब्यबसायीले मात्र होईन एक दर्जन भन्दा बढी खच्चड ब्यबसायीले हाल जडिबुटी ढुवानीको काम गर्दै आएका छन्।

बिहान देखि बेलुकासम्म प्रतिदिन पचास साठी क्वीन्टल जडिबुटी सिमकोटमा ढुवानी हुने गरेको जडिबुटी ब्यापारी संघका अध्यक्ष राम बहादुर भण्डारीले बताए। उनका अनुसार हिमपात पछि मौसममा सुधार आउँदा जिल्ला बाहिर जडिबुटी ढुवानी कार्य सुरु हुँदा गाउँ गाउँमा रहेको पुरानो जडिबुटी ढुवानी गर्न खच्चड ब्यबसायीलाई भ्याई नभ्याई भएको छ।

गाउँमा रहेको जटामासी, कुट्की र सेताक चिनी ढुवानी भइरहेको हो।बल्ल बल्ल जिल्लाबाट जडिबुटी निकासीका लागि बाटो खुलेपछि घाटामा गएका जडिबुटी ब्यापारीलाई राहत भएको छ भने जिल्लाका खच्चड ब्यबसायीले रोजगारी पाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?