रेशमको रिहाईको माग गर्दै थारु नेताहरु सामूहिक अनशनमा

रेशमको रिहाईको माग गर्दै थारु नेताहरु सामूहिक अनशनमा
+
-

धनगढी – थरुहट/थारुवान संयूक्त संघर्ष समितिले बिहीबारदेखि धनगढीमा सामूहिक अनशन सुरु गरेको छ । थारु नेता लक्ष्मण थारुको नेतृत्वमा जेलबन्दीका परिवारहरुको सहभागितामा धनगढीस्थित गुरही (क्याम्पस) चौकमा सामूहिक आमरण अनशन सुरु भएको हो ।

अनशन सुरु गर्दै थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले सरकारले थारुहरुको माग पूरा नगरेसम्म अनशन जारी राख्ने बताए । नेता थारुले आन्दोलनलाई अझ शसक्त बनाउँदै अघि बढ्ने बताए ।

टाउकोमा कालो पट्टी बाँधी अनसन सुरु गरेका थारुले आमरण अनशनमा पहिचान पक्षधर राजनीतिक दल, आदिवासी, जनजाती, मगरात, लिम्बुवान, तमुवान, खम्बुवान, किरात, नेवाः, सेर्पा, मधेशी, खसान लगायतले ऐक्यवद्धता जनाएको बताए ।

उनले भने –‘थारुहरुमाथि टीकापुर घटनाको बहानामा झुठा मुद्दा लगाई थुनामा पठाएको छ । तर, त्यसको भोलिपल्ट थारुहरुको घरमा आगजनी गर्नेहरु अझै खुला घुमिरहेका छन्, उनिहरुलाई खोई कारबाही ?।’

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य रेशमलाल चौधरीसहित अन्यलाई सरकारले बिना सर्त रिहा गर्नुपर्ने लक्ष्मणले माग गरे । आमरण अनशनमा बोल्दै सघीय लोकतात्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिग्देलले टिकापुर घटना राजनीतिक घटना भएको बताए । सरकारले थारुहरुसँग वार्ता, बहस र छलफल गरेर यो घटनालाई टुगाउनु पर्ने उनको भनाइ छ ।

रेशम चौधरी लगायत ११ जनाको मुद्धा खारेजी र बिना सत्र्त रिहाइ गरिनुपर्ने भन्दै आफूहरु आन्दोलनमा उत्रिएको उनले बताए । थरुहट/थारुवान संघर्ष समितिका प्रदेश संयोजक होरिलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाती महासंघका गोविन्द छत्याल, नेपा राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैजु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व सभाषद कृष्णकुमार चौधरी (कुन्दन), टीकापुर राजबन्दी परिवार, विभिन्न जातजातीका नेता तथा अगुवाहरुको सहभागिता रहेको थियो । संघर्ष समितिका प्रवक्ता माधव थारुका अनुसार विहिबार लक्ष्मण थारु एक्लै अनसन बसेपनि विभिन्न मोर्चाहरुले एक्येवद्धता जनाएका छन् ।

थरुहट/थारुवान संघर्ष समितिले टीकापुर घटनाका बन्दीहरुको निःशर्त रिहाई, टीकापुर घटनाको छानविन गर्नका लागि पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०७२ साल भदौ ८ गते भएको आगजनी, लुटपाटका घटनामा संलग्नहरुलाई पक्राउ गरि कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन् ।

उनीहरुले सरकारले संघर्ष समितिसंग गरेको ५, ६ र १० बुँदे सहमति अनुसार नेपालको संविधानको धारा २७४ र अनुसूचि ४ संशोधन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?