श्री वैष्णब परिषद् नेपालको महाधिवेशन धनगढीमा सुरु

श्री वैष्णब परिषद् नेपालको महाधिवेशन धनगढीमा सुरु
+
-

धनगढी– श्रीवैष्णब परिषद् नेपालको १२ औं तथा वैष्णव महिला परिषद् नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन धनगढीमा सुरु भएको छ । महाधिवेशनको सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले एक समारोहका बिच उद्घाटन गरिन् ।

देशकै सबैभन्दा ठूलो एवं पुरानो धार्मिक संगठन श्रीवैष्णव परिषद्को राष्ट्रिय महाधिवेशन सुदूरपश्चिम प्रदेशमा प्रथम पटक भएको हो ।धनगढीस्थित लक्ष्मीनारायण मन्दिर प्राङगणमा भएको महाधिवेशन उद्घाटन समारोहअघि रथ यात्रासहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । परिषद्का अध्यक्ष श्री १००८ स्वामी देवराज आचार्यको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । उद्घाटन कार्यक्रममा पदमनाम आचार्य र काँशी संस्कृत विश्वविद्यालयका जगन्नाथ कँडेल अतिथि रहेका थिए ।

महाधिवेशनमा देश विदेशका धर्माचार्य, सन्त महन्त, विद्धान गुरु तथा सयौँ प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको छ । शुक्रबार र शनिबार बन्द सत्रबाट नयाँ कार्यसमिति गठन गरिने बताईएको छ ।

२०३२ सालमा अखिल नेपाल वैष्णवको नामबाट स्थापना गरिएको संस्था २०४२ सालमा श्री वैष्णव परिषद्का नामबाट विधिवत दर्ता भएको थियो । परिषद्मा अहिलेसम्म ४५ जिल्लाका १० हजार साधारण सदस्य रहेको परिषद्का अध्यक्ष श्री १००८ स्वामी देवराज आचार्यले बताए ।

उनले देशमा धार्मिक सहिष्णुता कायम गर्दै वैदिक सनातन धर्मको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न परिषद् स्थापना गरिएको बताए । उनले परिषद्ले सनातन धर्मको संरक्षण सँगै विभिन्न सामाजिक कार्यहरु पनि गरिरहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?