शिवमय उल्लासमा भित्रिए पशुपतिनाथमा नागाबाबा (फोटो फिचर)

शिवमय उल्लासमा भित्रिए पशुपतिनाथमा नागाबाबा  (फोटो फिचर)
+
-

काठमाडौँ- हरेक शिवरात्रीमा नेपालमा, भारत र विश्वका विभिन्न भागबाट साधुसन्तहरुको ठूलै भिड लाग्छ, खासगरी पुशपतिनाथमा ।

ती साधुहरुमा भारतको जुनागढ (गुजरात) अखाडासँग आवद्द नागा साधुहरु विशेष आकर्षणका पात्र हुने गर्छन्,जानेर, नजानेर।

नेपाल धर्म निरपेक्ष भएपछि नागासहित साधुहरुको यहाँ आउने क्रम र संख्या घट्दो छ।

यसापाली नेपाल भित्रन लागेको पाँच हजार साधुहरुमध्ये नागा साधुहरु ४३ जना नेपाल आइसकेको पशुपति विकास कोषका कार्यकारी अधिकृत डा. घनश्याम खतिवडाले बताए।

नागाहरु तपको उच्च स्थितिमा रहने सम्प्रदाय हो। घृणा, चाह र द्वेस र अंहकारबाट मुक्त मानिने यी मानव कायालाई श्रद्धालुहरु शिवकै रुपमा सम्मान गर्छन।

शरीरमा भष्म लेप, गाँजा सेवन गरी नाँगै अर्थात प्राकृतिक स्वरुपमै रहने यी नागाहरु कसैकसैको परिहासको पात्र बन्दा पनि मौन रहन्छन्।

पहिले जस्तो निर्वस्त्र रहने छुट छैन उनीहरुलाई पशुपतिनाथमा, सामाजिक मर्यादाका कारण। तर भारतका विभिन्न तीर्थ र कुम्भ मेलामा उनीहरु निर्वस्त्र धुनी जगाई आफ्ना अखाडामा बस्ने गर्छन्।

यस्ता धार्मिक समारोहमा नागाहरुको अनुपस्थितिलाई असुभ संकेत मानिन्छ।

नगाहरु परिवार छोडेको, ब्रम्हचारी हुन् । तर उनीहरु शीवस्वरुपमा विश्वकल्याणका दूत पनि मानिन्छन्।

बुधबार अर्थात शिवरात्री भन्दा दुई दिन अघि बुधबार पशुपतिनाथमा प्रवेश गरेका ४३ जना नागाहरुलाई मन्दीरपरिसरमा स्थान दिइएको छ, जहाँ धुनी जगाउने छन्।

उनीहरुलाई शिवरात्रीको भोलीपल्ट पारम्परिक सम्मान र विधिपूर्ण तरिकाबाट विदा गरिने छ। ‘मलाई नेपाल धेरै प्यारो लाग्छ । यहाँ हरेक साल आइरहन्छु,’ पशुपतिनाथमा भित्रिदै गर्दै एक नागा बाबाले भने।

परिसरमा प्रवेश गर्नु अघि सम्म उनीहरुलाई बस्त्र अनिवार्य गरिएको छ। तर मन्दीरपरिसरमा पुगेपछि मात्र उनीहरु केवल ‘लंगोटी’मा बस्न पाउने छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?