
देश सञ्चार
फाल्गुन ८, २०७६

अ
+
अ
अ
-
कम्प्युटर प्रणालीको सुरुवाति चरणका आइकन ल्यारी टेस्लरको निधन भएको छ । सन् १९६० को दशकको सुरुमा सिलिकन भ्यालीमा काम गर्न सुरु गरेका थिए । उनले कम्प्युटर प्रणालीमा ‘कट’, ‘कपी’ र ‘पेस्ट’ का आविश्कारक हुन् ।
उनको यो खोजले कम्प्युटर प्रयोग तथा सञ्चालनलाई सहज बनाएको छ । सन् १९४५ मा न्यूयोर्कको ब्रोन्समा जन्मिएका उनले क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका हुन् ।

