लक्ष्मण थारुले अनशन तोडे

लक्ष्मण थारुले अनशन तोडे
+
-

धनगढी– थरुहट/थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आमरण अनशन तोडेका छन्। फागुन १ गतेदेखि धनगढीस्थित क्याम्पस चौकमा आमरण अनशन बसेका थारुले बिहीबार अनसन तोडेका हुन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको हातबाट जुस पिएर थारुले आठौं दिनमा अनशन तोडेका हुन्। धनगढी संवाद समूहको पहलमा जिल्लास्थित राजनितिक दल र आन्दोलनरत पक्षबीच छलफल भएर सहमतिमा लक्ष्मण थारुले अनशन तोडेको धनगढी संवाद समूहका संयोजक कर्ण शाहले बताए।

संयोजक शाहका अनुसार अनशनका कारण लक्ष्मण थारुको स्वास्थ्य अवस्था निकै बिग्रिएकाले जीवन रक्षा गर्नु ठूलो कुरा भएकाे भन्दै कैलाली जिल्लामा क्रियाशील राजनीतिक दलहरुले मोर्चाले उठाएका जायज मागहरु राजनैतिक रुपले समाधान गर्न नेपाल सरकारलाई अनुरोध गर्ने सहमतिपछि उनले अनशन तोडेका हुन्।

अनशन तोडेलगत्तै संक्षिप्त मन्तव्य राख्दै लक्षमण थारुले अनशनका बेला सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले अनशन तोडिएको भएपनि अन्य आन्दोलनका कार्यक्रम भने यथावत रहेको बताए।

रेशम चौधरी लगायतका बन्दीको रिहाई, टीकापुर घटनाबारे सत्यतथ्य छानविन गर्न पूर्वन्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक हुनुपर्ने लगायतका माग अघि सार्दै आन्दोलन थालिएको हो।

टीकापुर घटनामा पक्राउ परेकामध्ये छुटेका लक्ष्मण चौधरीसहितका १५ जनाले फेरि आन्दोलनको थालेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?