पशुपतिमा जय शम्भो…(तस्बिरहरु)

पशुपतिमा जय शम्भो…(तस्बिरहरु)
+
-

काठमाडौँ – आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व देशभरी मनाइँदै छ । आज बिहानैदेखि धर्मवलम्बीहरु नदी, कुण्ड र तलाउनमा स्नान गरी शिवालयमा गएर पूजा आराधना गर्ने गर्दछन् ।

काठमाडौँको पशुपतिनाथमा हजारौँ दर्शकहरुको भीड लागेको छ । बिहान तीनबजेदखि पशुपतिका चारवटै ढोका खुला गरिएको थियो । दर्शनका लागि चारवटै ढोकाबाट मिल्ने गरी लाइनबाट मन्दिरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । त्यहाँ सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । विगत वर्षहरुभन्दा यो वर्ष राम्रो व्यवस्थापन रहेको दर्शनार्थीहरुले प्रतिक्रिया दिएका छन् ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व रहेको छ । शिवरात्रीका अवशरमा भक्तजनहरुले शुद्ध भइ शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु, दुध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।

आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी बनाइ भजन कीर्तनका साथ सोही आगा्मा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ ।

पशुपतिमा बाबाहरु गाँजा तथा भाङ धतुरो सेवन गरिरहेका छन् । उनीहरुलाई गाँजा सेवनमा निषेध गरिएको छैन । तर बिक्रि वितरणमा भने रोक लगाइएको प्रहरीको भनाई छ । देश सञ्चारका सुलभ श्रेष्ठले कैद गरेका केही तस्बिरहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?