वलेवा विमानस्थल धावनमार्ग कालोपत्र गरिँदै

वलेवा विमानस्थल धावनमार्ग कालोपत्र गरिँदै
+
-

गलकोट – बागलुङको वलेवा विमानस्थल धावनमार्ग (रनवे) कालोपत्र गर्न सुरु भएको छ । विमानस्थल बाह्रैमहिना सञ्चालन गर्न धावनमार्ग कालोपत्र थालिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

धावनमार्ग कालोपत्र गर्न नागरिक उड्डयन प्राधिकरणले यो आर्थिक वर्षमा विनियोजन गरेको चार करोड रकमले सो काम थालिएका जनाइएको छ । बागलुङ क्षेत्र नं १ का सांसद डा. सूर्य पाठकका अनुसार अर्को वर्ष पुन : तीन करोड रकम छुट्टाइनेछ । विसं २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरीसक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको छ ।

काष्ठमण्डप उमा एण्ड कम्पनी जेभिका प्रतिनिधि दिनेश रिजालले ठेक्का सम्झौता हुनासाथ विमानस्थलमा आवश्यक कामको थालनी गरेको बताए । रिजालले भने “धावनमार्ग ‘कटिङ’ का लागि आवश्यक औजार, उपकरण विमानस्थलमा ल्याइसकेका छौंँ, त्यसको काम सुरु भएको छ ।”

सुरुमा विमानस्थलको धावनमार्ग र विमान पार्किङ स्थलकालोपत्रे हुने भागलाई कटिङ गर्ने, विमानस्थल वरपर नाली निर्माण गर्ने र तारबार लगाउने निर्माण कम्पनीका फिल्ड इञ्चार्ज वासु थापाले जानकारी दिए । आवश्यक पूर्वाधारपछि कालोपत्र थालिने थापाको भनाई थियो । विगत २६ वर्षदेखि बन्द विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा विसं २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएर नेपाल एयरलाइन्स तथा तारा एयलाइन्सले केही महिना उडान भरेपनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ ।

नारायणस्थानको विमानस्थल सञ्चालन लागि पहल गरे पनि कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्र नहुनुलगायतका समस्याले २६ वर्षपछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि नागरिक उड्डन प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्र गर्न बजेट विनियोजन गरेको हो । सांसद पाठकले तीन वर्षमा पूर्णरुपमा विमानस्थल सञ्चालनमा ल्याउने गरी विमानस्थलको धावनमार्ग बाहेकको टर्मिनल टावर मर्मतलगायतका अन्य संरचना निर्माण गर्ने विषयमा छलफल भइरहेको बताए ।

धौलागिरिका बागलुङ, पर्वत र म्याग्दीका जनतालई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि नगरपालिकाले सक्दो साझेदारी गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

“विमानस्थलमा केही समय जहाज पनि चल्यो”, प्रमुख पौडेलले भने, “विमानस्थल पुग्ने सडक कालोपत्र गर्न पहल भइरहेको छ ।” कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र हुनसके विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?