आमुल परिवर्तनको नारा लुटतन्त्रमा सीमित : कमल थापा

आमुल परिवर्तनको नारा लुटतन्त्रमा सीमित : कमल थापा
+
-

धनगढी – राप्रपाका अध्यक्ष कमल थापाले आमुल परिवर्तनको नारा लुटतन्त्रमा सीमित भएको बताएका छन् । उनले अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार रहेको बताए ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र भईरहेको बताएका हुन् । उनले भने, ‘तत्कालीन माओवादीले लडाकुको पैसा खाएर गरी सुरु गरेको भ्रष्टाचारको यात्रा अहिले आएर गोकुल बास्कोटासम्म पुगेको छ ।’ उनले गोकुल बास्कोटाको प्रकरणमा प्रधानमन्त्रीले तत्काल एक्सन लिएकोमा धन्यबाद दिँदै अब अख्तियारले यस प्रकरणमा सुक्ष्म अध्ययनसहित दोवीलाई कारवाही गर्नुपर्ने बताए ।

‘अनियमितता र लुटलाई कायम गर्न कुनै कानून बाधा भए बहुमतको आधारमा कानून नै परिवर्तन गर्ने गरेका छन्’ अध्यक्ष थापाले भने, ‘भ्रष्टाचारमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि संलग्नता रहेको छ ।’

उनले भने, ‘अहिले संस्थागत, नितिगत र व्यवस्थागत रुपमै भ्रष्टाचार भइरहेको छ, यसलाई रोक्न जनता जाग्ने बेला आएको छ ।’

एमसीसी बारे पत्रकारको जिज्ञासामा अध्यक्ष थापाले भने, ‘प्राय सबै राजनितिक दलको सहमतिमा तयार पारिएको सम्झौता हो, अहिले सत्तारुढ दलको आपसी बिवादले यो समस्यामा परेको छ, अब यसको सबै जिम्मेवारी सरकारले लिनुपर्छ ।’ उनले एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको कुनै औचित्य नरहेको समेत बताए ।

आफ्नो पार्टी राप्रपाको एजेण्डा हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र यथावत रहेको उल्लेख गर्दै अध्यक्ष थापाले भने, ‘एजेण्डा राम्रो हुँदाहुँदै पनि संगठन कमजोर रहेकाले विगतका चुनावमा पराजित भएका हौँ, अब संगठन बिस्तारको अभियानमा अघि बढेका छौँ ।’

राप्रपा संयुक्त र राप्रपा पार्टीबिच एकीकरण बारे अध्यक्ष थापाले आफू सधैँ एकीकरणको पक्षमा रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?