रेशमको स्वास्थ्य बिग्रेपछि अस्पताल भर्ना, औषधी खान अस्वीकार

रेशमको स्वास्थ्य बिग्रेपछि अस्पताल भर्ना, औषधी खान अस्वीकार
+
-

धनगढी- ६ दिनदेखि अनशनरत टीकापुर घटनाका मुख्य योजनाकारका आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

टिकापुर घटनाको झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाणपत्र दिनुपर्ने र प्रतिनिधि सभा सदस्यको सपथ खान पाउनुपर्ने लगायतका माग राखी अनशन बसेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि शुक्रबार उनलाईअस्पताल लगिएको थियो।

शुक्रबार दिउँसो सेती अञ्चल अस्पताल पुर्‍याइएका चौधरीले चिकित्सकले दिएको औषधी भने सेवन गर्न मानेनन्।

एक्कासी बेहोस भएपछि अस्पताल पुर्‍याइएका चौधरीको सेती अञ्चल अस्पतालमा चिकित्सकहरुले चेकजाँच गरेका थिए। तर आफुहरुले लेखेको औषधी रेशमले सेवन गर्न नमानेको अस्पतालका डाक्टर सौरव गिरिले बताए।

औषधी सेवन गर्न नमानेपछि रेशमलाई कारागार फर्काईएको थियो। कारागार पुर्‍याइएका रेशमले देशसञ्चारसँगकाे टेलिफोन कुराकानीमा आफ्नो माग पूरा नभएसम्म औषधी सेवन नगर्ने र अनशन पनि नत्याग्ने बताए।

उनले राज्यले टिकापुर घटनाको निस्पक्ष छानविन नगरेको आरोप लगाए। ६ दिनदेखि रेशमसँगै अनसनतर टीकापुर घटनाका अन्य बन्दीहरुको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको छ। केही दिनअघि कारागारमै रहेका नेता लक्ष्मण थारुलाई पनि अस्पताल भर्ना गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?