
अभिनेता कवीर वेदीले सन्नी लियोनको फोन नम्बर मागेको खबरको खण्डन गरेका छन्। खबरमा लेखिएको थियो, ‘डब्बु रतनानीको क्यालेन्डर सार्वजनिक कार्यक्रममा कविरले अभिनेत्री, मोडल सन्नीको फोन नम्बर मागेका थिए। ७४ वर्षका अभिनेता कवीरले ट्वीट मार्फत यो खबर अपमानजनक भएको बताएका छन्। यस्तै यही घटनाक्रममा सन्नीका श्रीमान डेनियल वेबरको प्रतिक्रिया पनि आएको छ।
REPORTS that I asked #SunnyLeone for her number are not true. The insinuation is defamatory. At Daboo Ratnani’s party I asked her husband @DanielWeber99 for HIS number and HE entered it into my phone. Publications carrying this shameful @Spotboye report must remove it and clarify https://t.co/bBfoUNegTw
— KABIR BEDI (@iKabirBedi) February 21, 2020
कवीरले ट्वीटमा भनेका छन्, ‘यो खबर गलत हो, मैले सन्नीसँग फोन नं मागेको नै छैन। यो अपमानजनक छ, मैले सन्नीका श्रीमानको फोन नं मागेको हुँ, डेनियलले मेरो फोन नम्बर डायल गरेका थिए, यस्तो गलत खबर छाप्ने सञ्चारमाध्यमले माफी माग्नु पर्छ।
Haha why can’t he ask for my number? He has her number as they know each other many years!! No need to print shit just to get a story. !!! https://t.co/YVnH4euZjx
— Daniel Weber (@DanielWeber99) February 21, 2020
डेनियलले ट्वीटरमा लेखेका छन्, ‘हाहा उनी मेरो नम्बर किन माग्न सक्दैनन् ? उनीसँग सनीको नंबर पहिलबाट नै छ, किनभने उहाँहरु एक अर्कालाई पहिलाबाट नै चिन्छन्। मात्र चर्चाको विषयको लागि यस्तो घटना छाप्न जरुरी छैन।