#MeToo : हार्बी वाइन्स्टिन बलात्कार तथा यौन दुर्व्यवहार मुद्दामामा दोषी ठहर

#MeToo : हार्बी वाइन्स्टिन बलात्कार तथा यौन दुर्व्यवहार मुद्दामामा दोषी ठहर
+
-

हलिउड मुगल हार्बी वाइन्स्टिन बलात्कार तथा यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर भएका छन् । हलिउडबाट सुरु भएको मी टू अभियानकै कारण विगतमा गरेका अपराधहरु बाहिर आएर दोषी ठहर हुने वाइन्स्टिन चलचित्र क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् ।

६७ वर्षका वाइन्स्टिनलाई अमेरिकाको न्यूयोर्कमा रहेको अदालतले थर्ड–डिग्री रेप तथा फर्स्ट–डिग्री क्रिमिनल सेक्सुअल एक्टमा दोषी ठहर गरेको हो । तर उनी गम्भीर प्रकारको यौनजन्य अपराधको अभियोगबाट भने मुक्त भएका छन् । उनले २५ वर्षसम्मको जेल सजाय पाउन सक्ने छन् ।

न्युयोर्क अदालतले फैसला सुनाए पनि उनीविरुद्ध लस एन्जलसमा अर्को मुद्दा अझै छ । सन् २०१३ मा दुई महिलालाई दुई दिनसम्म यौन हिंसा गरेको अभियोगमा लस एन्जलस अदालतमा मुद्दा दायर भएको छ ।

वाइन्स्टिनमाथि कम्तिमा ८० जना महिलाले यौन हिंसा या यौन दुर्व्यवहारको आरोप लगाएका थिए । यसरी आरोप लगाउनेमा ग्वेनथ पाल्ट्रो, उमा थर्मन, सलमा हायाकसहितका अभिनेत्री पनि थिए ।

मिडिया मुगल वाइन्स्टिन हलिउडका स्थापित निर्माता हुन् । उनले निर्माण गरेका पल्प फिक्सन, गुड विल हन्टिङ्ग, द किङ्गस् स्पीच, शेक्सपियर इन लभसहितका चलचित्रले ओस्कार अवार्ड जितेका छन् ।

प्रोडक्सन एसिस्टेन्टका रुपमा काम गरेकी मिमी हेलिआईलाई सन् २००६ मा गरेको यौन दुर्व्यवहार तथा जेसिका मान नाम गरेकी महिलालाई सन् २०१३ मा गरेको बलात्कार आरोपमा वाइन्स्टिन दोषी ठहर भएका हुन् ।

फैसला सुनाउँदै न्यायाधीशले वाइन्स्टिनलाई तत्काल जेल चलान गर्न आदेश दिए । उनीमाथि कति वर्षको जेल सजाय हुने भन्ने घोषणा अदालतले मार्च ११ मा गर्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?