
काठमाडौँ-ओपोले आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटु सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ।
राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले मंगलबार फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने घोषणा गरेको हो।
कम्पनीका अनुसार ग्लोबल लञ्च ओपोको मार्फत मार्चको ६ तारिक १०:३० सीईटीमा आयोजना गरिनेछ।
यस्तै ग्राउण्ड ब्रेकिङ स्मार्टफोन अनुभव प्रदान गर्ने, ओपो फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने तयारीलाई लिन सकिने कम्पनीले जनाएको छ।
यस्तै आफ्ना हरेक उत्पादनका लागि उपभोक्ताका प्रतिक्रियालाई विशेष प्राथमिकतामा राख्दै ब्राण्डले रिचर्स एण्ड डेभलपमेन्टमा भारी लगानी गर्दै नयाँ ओपो फाइन्ड एक्सटू उत्पादन गरेको कम्पनीले जनाएको छ।
विशेषगरी फाइभजी यूगमा स्मार्टफोनलाई अझ परिस्कृत बनाउँदै लैजाने ओपोको अथक र निरन्तर प्रयासको यसले प्रतिबिम्बित गरेको छ।
फाइन्ड एक्सटू सिरिजमा कम्पनीले अहिलेसम्म विकसित गरेकै मध्य अत्याधुनिक स्क्रिनको प्रयोग गरिएको जानकारी दिएको छ।
यस्तै स्क्रिनमा रिजोल्यूशन, स्क्रिन रिफ्रेश रेट, रंग र हाई डायनामिक रेञ्जमा विशेष प्राथमिकता दिँदै प्रयोगकर्तालाई स्पष्ट, सटिक, स्मूथ र स्क्रिन अनुभव प्राप्त हुने कम्पनीको दावी छ।
यस्तै फाइन्ड एक्सटू प्रोमा अनुकूलित फ्ल्यागशिप ईमेज सेन्सर जडान गरिनुका साथै अहिले सम्मकै अत्याधुनिक फोटोग्राफी प्रविधिहरुको प्रयोग गरिएको र प्रयोगकर्तालाई प्रिमियम फोटो गुणस्तर र फोकसिङ पफमेन्स प्राप्त हुने कम्पनीले जनाएको छ।
फाइन्ड एक्सटू सिरिजले एसए÷एनएसए डुअल-मोड्यूल नेटवर्क सपोर्ट गर्ने, क्वालकमको फाइभजी फ्ल्यागशिप चिप स्न्यापड्रायगन ८६५ को प्रयोग गरिएको छ। यसले गर्दा अदृतिय फाइभजी अनुभवलाई वास्तविकतामा परिणत गर्न सफल भएको कम्पनीले जनाएको छ।