
काठमाडौं- सामसङले ल्याएको दुई नयाँ स्मार्टफोनको नेपाली बजारमा प्रि अर्डर खुला गरेको छ।
सामसङ नेपालले ग्यालेक्सी एस२० र एस२० प्लसको प्रि अर्डर फागुन १४ गतेबाट खुला गरेको जानकारी दिएको छ।
नेपालमा फागुन ३० गतेबाट मात्रै उक्त फोनहरु उपलब्ध हुनेछन्। यद्यपी प्रि अर्डर गरेका उपभोक्ताहरुले भने सो मितिभन्दा अगाडी नै पाउनेछन्।
सामसङको ग्यालेक्सी एस२० सिरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको सामसङ मोबाइल विजिनेस हेड प्रणय रत्न स्थापितले बताए । फ्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले फोटो तथा भिडियो खिच्न सजिलो बनाउने उनले बताए।
फोटोका लागि ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ । ३०एम्स जुम सिस्टम पनि दुबै फोनमा रहेको छ । सामसङको यो सिरिजको फोनबाट ८के सम्मको भिडियो रेकर्डिङ गर्न सकिने छ, जुन विश्वका अन्य फोनहरुमा नभएको उसको दावी छ।
फोनको अग्रिम अर्डर अवधिमा नेपाका कुनै पनि सामसङ स्टोरमा ५ हजार अग्रिम जम्मा गरेर अर्डर गर्न सकिन्छ । एस२०प्लस अर्डर गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभी ५ हजार ९ सय ९९ मा खरिद गर्न सक्नेछन्।
एस२० को अग्रिम बुकिङ गर्नेहरुले २ हजार ९ सय ९९ थप गरी ग्यालेक्सी बड्स प्लस खरिद गर्न सक्नेछन् । ३२ इन्चको टिभी ८ हजार ९ सय ९९ मा खरिद गर्न सक्ने सामसङले जनाएको छ । आग्रिम अर्डर गरेका ग्राहकहरुले एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकहरुबाट किस्ता (एएमआइ) पनि उपलब्ध हुने छ।
लक्की ड्रका लागि अग्रिम बुकिङ गर्ने ग्राहकहरु स्वतः योग्य हुने बताइएको छ । जसमा विजेताहरुले टर्कीस एयरलाइन्सको तर्फबाट दुईतर्फि बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टि २, केजीएच ग्रुपको वाटार फ्रन्ट रिसोर्ट वा हिमालय फ्रन्ट होटलमा दुइ रात बास बस्न पाउनेछन।
त्यसैरी लेट मि इनको तर्फबाट ५ हजार बराबरको कुपन पनि पाइने बताएको छ । एस२० को मूल्य १ लाख ७ हजार ४ सय ९९ र एम२०प्लसको मूल्य १ लाख १९ हजार ४ सय ९९ रहेको छ ।