बोक्सी आरोपलाई गाउँमै थामथुम पार्न खोज्ने मेयरले पत्रकार सम्मेलनमा के भने?

बोक्सी आरोपलाई गाउँमै थामथुम पार्न खोज्ने मेयरले पत्रकार सम्मेलनमा के भने?
+
-

धनगढी- आफ्नै गाउँमा भएको जघन्य अपराधको घटनामा दुई दिनसम्म मौन रहेका घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरीको सर्वत्र आलोचना भएपछि उनले शनिवार धनगढीमा पत्रकार सम्मेलन गरी बोक्सीको आरोपमा कुटपिट भएको घटना गाउँमै मिलाउन खोजेको भनी आफूलाई लागेको आरोप गलत भएको बताएका छन्।

शनिबार धनगढी आएर पत्रकार सम्मलेन गरेका उनले आफूलाई लगाइएको आरोप सरासर झुट रहेको दाबी गरे। तर, प्रहरी स्रोतले बोक्सीको घटना गाउँमै मिलाउन तयार पारिएको मिलापत्रमा नगर प्रमुख ममता चौधरी, वडा नम्बर ५ का अध्यक्ष प्रेम रोकाया लगायतको हस्ताक्षर रहेको जनाएको छ। नगर प्रमुख चौधरीले आफू इलाका प्रहरी कार्यालयमा गएको स्वीकार गरे पनि मिलापत्रमा हस्ताक्षर भने नगरेको दावी गरे।

बोक्सीको आरोपमा ६ घण्टासम्म किशोरीलाई निर्घात कुटपिट भएको घटना गाउँमै मिलाउन खोजेको आरोप लागेपछि घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेका हुन्।

घटनाको दुई दिनसम्म चुप लागेर बसेका नगरप्रमुख चौधरीले तेस्रो दिन पत्रकार सम्मेलन गरी दोषीलाई कडा कारवाहीको माग पनि गरे। इलाका प्रहरी कार्यालय सुखडमा भएको मिलापपत्रमा नगर प्रमुख चौधरीको हस्ताक्षर रहेकोले पनि उक्त पत्र प्रहरीले सार्वजनिक गर्न मानेको छैन। कुटपिट भएकी राधाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार 

बोक्सी आरोपमा कुटपिट गर्नेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

कथित बोक्सी घटनामा आरजुद्वारा कारबाहीको माग

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?