जानकी नवमीमा सार्वजनिक विदा माग

जानकी नवमीमा सार्वजनिक विदा माग
+
-

जनकपुरधाम- प्रत्येक बर्ष मनाईने जानकी नवमीको दिन राष्ट्रिय विदा दिन सरोकारवालाहरुले माग गरेका छन्।

त्रेता युगमा जानकीको जन्म भएकोे स्मरणमा प्रत्येक बर्ष मनाइने जानकी जन्मोत्सवको दिन राष्ट्रिय विदा घोषणा गर्न उनीहरुले माग गरेका हुन्।

जनकपुरको जानकी मन्दिरमा भएको एक कार्यक्रममा जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णव सहित विभिन्न राजनीतिक दलका व्यक्तिले जानकी नवमीमा सर्वजनिक विदा हुनुपर्ने बताए।

गत बर्ष जानकी नवमीका दिन धनुषा र महोत्तरीमा विदा दिइएको थियो भने यसपालि यसलाई राष्ट्रिय पर्व घोषणा गरी कम्तीमा प्रदेश २ मा सार्वजानिक विदा गर्न माग गरिएको छ।

शनिवार जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासको अध्यक्षतामा भएको विचार गोष्ठीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरुले यसपालि बढी भव्यतासाथ जानकी नवमी मनाउनुपर्ने विचार समेत व्यक्त गरे।

नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेशसभा सदस्य राम सरोज यादवले नेपालका विभिन्न स्थानका सँगै भारतको विभिन्न ठाँउहरुबाट आउने श्रद्धालुहरुको व्यवस्थापन गर्न नगरपालिकासहित सबैले पहल गर्नुपर्ने बताए।

जानकी नवमीलाई देश तथा विदेशमा प्रचारप्रसारका लागि नेपाली तथा भारतीय मिडियाहरुसँग समन्वय गर्नुृपर्ने उनले बताए।

प्रदेशसभा सदस्य परमेश्वर साहले विगतमा स्थानिय जनप्रतिनिधिहरु नहुँदा कर्मचारीहरुले भूमिका खेलेको र अब जनप्रतिनिधिहरु आइसकेकाले यसपालिको नवमी भव्यताका साथ मनाउन उनीहरुको भूमिका महत्वपुर्ण हुनुपर्ने बताए।

जनकपुर जानकी मन्दिर र यहाँका पौराणिक धर्म संस्कृतिले चिनिने भएकोले जानकी नवमीसहितका अवसरहरुमा अब प्रदेशसभा सदस्यहरुले समेत ध्यान दिनुपर्ने कार्यक्रमका सहभागीले बताए।

जानकी नवमी १५ दिन

वैशाख ११ गतेबाट शुरु हुने जानकी नवमीको कार्यक्रमहरु १५ दिनसम्म चल्ने छ।

उक्त अवसरमा रामायण मेलाको पनि आयोजना गरिने छोटे महन्थ वैष्णवले बताएका छन्। अन्य कार्यक्रमको विषयमा अहिले छलफल भइरहेको उनले बताए। यता, रामायण मेलामा नेपाल तथा भारतका शंकराचार्यका साथै विशिष्ट अतिथि सहभागी हुनेछन्।

कार्यक्रमका लागि प्रजिअ दिलीप कुमार चापागाईँले शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको जनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?