कोरोनाको संक्रमण रोक्न सबै विद्यालय अनिश्चितकालका लागि बन्द गर्न निर्देशन

कोरोनाको संक्रमण रोक्न सबै विद्यालय अनिश्चितकालका लागि बन्द गर्न निर्देशन
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानीमा रहेको धनगढी उपमहानगरपालिकाले फागुन २५ गते देखि नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ।

शुक्रवार विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाले नगर क्षेत्रका सबै माध्यमिक तहसम्मको शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो।

उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू लगायत सम्पूर्ण शिक्षण संस्थाहरूमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरू अर्को सूचना नभएसम्म मिति २०७६ फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आम नगरवासीमा जानकारी गराइन्छ।’

सरकारले कोरोना भाइरस संक्रमणको त्रासका कारण विद्यालयहरूलाई छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो। तर धनगढी उपमहानगरले भने आइतवारदेखि नै अनिश्चितकालका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ।

उपमहानगरमा शुक्रबार बिहान बसेको सरोकारवाला बीचको बैठकपछि उपमहानगर यस्तो निर्णयमा पुगेको नगरप्रमुख नृपबहादुर वडले बताए।

उनले भने, ‘अर्को सूचना जारी नभएसम्मका लागि अहिले सम्पूर्ण परीक्षा स्थगित गर्दै बिद्यालय बन्द गर्न भनेका छौं।’

भारतमा कोरानाको संक्रमण बढेको र धनगढी उपमहानगरपालिका भारतसँग सिमा जोडिएकाले संक्रमण बढ्न सक्ने खतरा अत्याधिक रहेकाले उच्च सर्तकता अपनाउनु पर्ने देखिएको नगरप्रमुख वडको भनाइ छ।

यसअघि प्रदेश सरकारले पनि कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न गतिविधी सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?