ताराभित्र नासाले पत्ता लगायो फलाम खानी, एक्स स्पेशलाई सहकार्य गर्न आग्रह

+
-

एजेन्सी-अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा यस्तो तारा पत्ता लगाएका छन् जुन पुरै फलामबाट बनेको छ। उक्त तारामा यदि धेरै फलाम छ की यसलाई पृथ्वीमा ल्याएर बेच्दा यहाँ रहेका सबैलाई १ बिलियन पाउण्ड बराबरको रकम हुन जान्छ।

नासाले यस एस्टेरोइडको नाम १६ साइकी राखेको छ।यो पुरै एस्टेरोइको पूरा मूल्‍य ८ हजार क्वाड्रिलियन पाउण्ड रहेको छ।

बेलायती म्याग्जिन दि टाइम्सका अनुसार ८ हजार क्वाड्रिलियन अर्थात पृथ्वीमा रहेका हरेक मानिसको १ बिलियन पाउण्ड बराबर हुन्छ । यो उक्त तारामा रहेको मूल्‍य बराबरको फलाम हो।

नासाले स्पेश एक्सका मालिक एलन मस्कसँग उक्त तारामा रहेको फलामको जाँच गर्न सहयोग मागेका छन्। उनले भनेका छन्, ‘ उक्त तारामा रहेका फलामको संसारमा पुग्‍न तपाइको स्पेश एक्सबाट हामी सहकार्य गरौ। परीक्षण गरौ सँगसँगै।’

यो एस्टेरोइडको व्‍यास २२६ किलोमिटर रहेको छ। यो सूर्यको चारै तिर परिक्रमा गर्न पाँच वर्ष लगाउँछ। यसको एक दिन ४.१९६ घण्टा हुने गर्दछ।

यसको तौल पृथ्वीको चन्द्रमाको तौलभन्दा करीब १ प्रतिशत नै छ। तर यो पूरा एस्टेरोइड फलामबाट बनेको छ। यो मंगल तथा वृहस्पति ग्रहको बीचमा रहेको छ।


नासाका अनुसार यो एस्टेरोइड पृथ्वीको नजिक ल्याउने कुनै योजना छैन। तर यसभित्र पुगेर फलामको परीक्षण गर्ने योजना भने बनाउन सुरु गरिसकिएको छ।

यदि स्पेश एक्सले आफ्नो अन्तरिक्षयानबाट सबै रोबोटिक मेसिन उक्त एस्टेरोइडमा पठाएमा उसलाई त्यहाँ गएर अध्‍ययन गरेर फर्किन ७ वर्ष लाग्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?