
धनगढी – कैलालीमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा स्कूलबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो।
त्रिपुरा ईङलिस बोर्डिङ स्कूलको ना ४ ख ४९४४ नम्बरको बस र से ५ प ६९९४ नम्बरको मोटरसाइकल ठोकिँक्दा गौरीगंगा नगरपालिका वडा नम्बर १ का २४ वर्षीय विजय लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।