काठमाडौं – प्रधामन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्नेका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिएका छन् ।
घटना घटेको जानकारी आउनासाथ यस विषयमा चासो प्रकट गर्दै तत्काल कारवाहीको पहल गरेको प्रधानमन्त्री कार्यालयले जनाएकोम छ ।
हालसम्म प्राप्त विवरण अनुसार फागुन २४ गते बिहीबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौसम्म कुटपिट गरेको खबर आएको हो ।
चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।
सम्बन्धित समाचार
महिला दिवसकै दिन बोक्सीको आरोपमा किशोरीमाथि कुटपिट
बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने ७ जनाबिरुद्ध मुद्दा दर्ता
बोक्सीको आरोपमा महिलामाथि कुटपिट, उपचारका लागि अस्पताल भर्ना