छुट्टाछुट्टै घटनामा गण्डकी प्रदेशमा चार जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा गण्डकी प्रदेशमा चार जनाको मृत्यु
+
-

पोखरा– गण्डकी प्रदेशमा बुधबार भएका छुट्टाछुट्टै घटनामा चार जनाले ज्यान गुमाएका छन्।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार तनहुँ जिल्लामा ट्र्याक्टर दुर्घटनामा दुई र रुखबाट खसेर एकको मृत्यु भएको छ भने गोरखामा एक जना मृतावस्थामा भेटिएका छन्।

तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ देउतीखोलास्थित पुरानो बस्तीमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुखबाट घाँस झार्ने क्रममा अचानक हाँगा भाँचिएर लगभग ३० मिटर तल भुइँमा खस्दा स्थानीयवासी ७० वर्षीय लालबहादुर बोटे साजको मृत्यु भएको हो।

सोही जिल्लाकै बन्दीपुर गाउँपालिका–५ कोरिकास्थित भित्री सडकखण्डमा बाउनभञ्ज्याङ बुधबार बिहान भएको ट्र्याक्टर दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जनाकारी दिए।

उनका अनुसार ग १ त ४८०८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खस्न जाँदा चालक गोरखा पालुङटार–७ च्याङलीका २१ वर्षीय प्रेमकुमार र बन्दीपुर–४ नयाँपुल बस्ने २३ वर्षीय राजकुमार परियारको उपचारका क्रममा लक्ष्मी अस्पताल डुम्रेमा निधन भएको हो।

यस्तै गोरखा नगरपालिका–१३ स्थित कुँडुले भन्ने स्थानमा बुधबार बिहान नाम तथा वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा भेटिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?