नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयद्वारा तोडफोड

नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयद्वारा तोडफोड
+
-

धनगढी– कञ्चनपुरको वेलडाँडीमा नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफाेड गरेका छन्।

हालै नेपाल–भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर शनिबार त्यहाँका स्थानीयले हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका हुन्।

नेपाली भुमि भारतमा परेको चर्चापछि शनिबार नै नेपाली का‌ंग्रेस कञ्चनपुरको टोलीले पनि उक्त क्षेत्रको अनुगमन गरेको छ।

नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहराले सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा पर्न लागेकाले कांग्रेसले सो क्षेत्रमा स्थलगत अनुगमन गरेको बताए।

उनले भने, ‘हामी त्यहाँ पुग्नु अगावै तोडफोड भइसकेको रहेछ। सीमा पिल्लर तोडिनु जनआक्रोश हो।’

सीमा स्तम्भ तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सर्तकता अपनाइएको छ।

नेपालीको लालपुर्जाधारी जमिनमा सीमा स्तम्भ गाडेर नेपाली भूमि हडप्न  खोजेको भन्दै स्थानीयले विरोध गरेपछि सर्वेको काम रोकिएको थियो।

साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा परेपछि सीमा विवाद बाहिर आएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?