आमाबुवाको हत्या गरेको आरोपमा पक्राउ परेका छोरा प्रहरीद्वारा सार्वजनिक

आमाबुवाको हत्या गरेको आरोपमा पक्राउ परेका छोरा प्रहरीद्वारा सार्वजनिक
+
-

धनगढी – १८ दिन अघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा घर भित्रै मृत भेटिएका भण्डारी दम्पतीको हत्या आशंकामा पक्राउ परेका उनका छोरालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आमा बुवाको हत्या गरेको आरोपमा पक्राउ गरेका छोरा भरत भण्डारीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको आशंकामा छोरा भरतलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरि सोमबार कञ्चनपुर ल्याएको हो ।

कंचनपुर प्रहरीका प्रवक्ता रविन्द्रनाथ पौडेलले भरतले बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको स्वीकार गरेको बताए ।

कलुवापुरस्थित घरमै हत्या गरेको अवस्थामा भेटिएका भण्डारी दम्पती र छोराबिच लामो समयदेखि सम्पतिको विषयमा घरायसी विवाद रहेको स्थानीयले बताएका छन् ।

भण्डारीले जेठी श्रीमतीको मृत्यु भएपछि धनालाई दुई वर्ष अघि मात्र कान्छी श्रीमतीको रुपमा भित्र्याएका थिए ।

आमाबुबाको हत्यापछि घरमा बेहोस अवस्थामा भेटिएकी ७ महिनाकी छोरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?