लाठी प्रहार गरी श्रीमतीको हत्या

लाठी प्रहार गरी श्रीमतीको हत्या
+
-

धनगढी – कञ्चनपुरको पुनर्वास नगरपालिका–८ (क) गाउँमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार पुनर्वास नगरपालिका–८ का ६३ वर्षीय सफली बयाडीले ६० वर्षीया श्रीमती खन्जरी बयाडीलाई लाठी प्रहार गरि हत्या गरेका हुन् ।

मदिरा सेवनले लट्ठ भएका सफली बयाडीले आइतबार राती ९ बजे तिर श्रीमतीसँग विवाद गरि टाउकोमा लाठी प्रहार गरेर घाइते बनाएको बुहारी बाटु बयाडीले बताइन् ।

श्रीमानको कुटाइबाट घाइते भएकी खन्जरीलाई उपचारको लागि पुनर्वासकै स्थानीय पोलिक्लिनिकमा लगिएकोमा प्राथमिक उपचार पछि धनगढी रेफर गरिएको थियो । धनगढीमा समेत उनको उपचार सम्भव नहुँदा नेपालगञ्ज लगिएको थियो ।

नेपालगञ्जमा उपचारकै क्रममा उनको मृत्यु भएको मृतककी बुहारीले बताइन् । मृतक खन्जरीका चार छोरा भएपनि चारै जना वैदेशिक रोजगारीको शिलशिलामा भारतको मुम्बईमा रहेका छन् ।

घटनापश्चात् घटनास्थल पुगेको प्रहरी टोलीले कुटपिट गरेको आरोप लागेका सफलीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिहले बताए । मृतक खन्जरीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?