कोरोना सजगताका लागि कास्की कारागारमा भेटघाट बन्द

कोरोना सजगताका लागि कास्की कारागारमा भेटघाट बन्द
+
-

कास्की- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै कास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ।

कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका प्रमुख गणेश गौतमले जानकारी दिए।

उनका अनुसार आवश्यकताअनुसार कानून व्यवसायीका साथै कुनै अत्यावश्यकीय भोटघाट भने हुनेछ।

“कोरोना सङ्क्रमण आइहाल्यो भने के गर्ने भन्नेबारे पूर्वतयारी गर्नका लागि पनि केही दिनका लागि भेटघाट बन्द गर्न लागेका हौँ”, गौतमले भने, “पूर्वसजगताकै लागि कारागारभित्र माक्स उत्पादन गर्न शुरु गरिएको छ।”

अहिले कारागारभित्रै दैनिक १०० देखि १५० सम्म माक्स उत्पादन भइरहेको र कैदीबन्दीलाई प्रतिमाक्स रु ३० मा उपलब्ध गराइएको छ। तयारीस्वरुप नै कारागारभित्र प्रत्येक ब्लकमा २० जनासम्म रहन सक्नेगरी ‘आइसोलेशन’ कक्ष निर्माण गर्न लागिएको उनले जानकारी दिए।

कूल २४० जनाको क्षेमता रहेको कास्की कारागारमा हाल ८७० जना कैदीबन्दी रहेको प्रशासनले जनाएको छ।

गण्डकी प्रदेश सरकारले कारोनाको सम्भाव्य जोखिम न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका औपचारिक कार्यक्रम, भेला महोत्सव नगर्नु र बेलैमा सचेत हुन आम सर्वसाधारणलाई आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?