
काठमाडौँ- त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको विमान धावनमार्गमा आगलागीले ध्वस्त भएपछि निधन भएका ३० यात्रुको शव अहिलेसम्म निकालिसकिएको छ।
अस्पतालमा लगेका यात्रुहरुमध्ये चार जनाको अवस्था अाशापूर्ण रहे पनि बाँकी यात्रुको अवस्था दुखद रहेको विमानस्थलमा रहेका एक उच्च सुरक्षा अधिकारीले देशसञ्चारलाई जानकारी गराए।
केही यात्रुका शव केएमसीका, केही नेपाली विद्यार्थी पनि परे
बाँकी यात्रुलाई ध्वस्त भइसकेको विमानबाट निकाल्ने प्रयास जारी रहेको ती सुरक्षा अधिकारीले जानकारी दिए।
विमानको अवस्था हेर्दा थप यात्रु जीवित रहने सम्भावना एकदमै कम रहेको सुरक्षाकर्मीहरुले बताएका छन्।
उद्धार कार्यमा संलग्न एक उच्च सुरक्षा अधिकारीले देशसञ्चारसँग भने, ‘ठूलाे संख्यामा यात्रुको ज्यान गएको छ। हामीले ३० जनाको शव निकालिसकेका छौँ।’
युएस बंग्लाको उक्त क्यानेडियन एयरक्राफ्टमा ६७ यात्रु र चालकदलका चार सदस्य थिए। उक्त विमान ढाकाबाट काठमाडौँ आएको थियो।
सम्बन्धित समाचार
विमान पूर्ण ध्वस्त, १७ यात्रुलाई अस्पताल लगियो, बाँकीको अवस्था ‘दुखद’
विमान ध्वस्त, करिब ५० यात्रुको ज्यान गएको सुरक्षाकर्मीको आशंका
विमानमा लागेको आगो नियन्त्रणमा, विमान पूर्ण क्षति, केही गम्भीर घाइते
त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा आगलागी, यात्रु भित्रै