सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु चैत ९ गतेदेखि १८ गतेसम्मका लागि बन्द गरेको छ। उडान बन्द भएपछि नेपालमा विदेशी यात्रु अप्ठ्यारोमा परेका छन् भने विदेशमा नेपाली यात्रु।
त्यस्तै अलपत्र परेकामध्ये केही विदेशी यात्रुहरु शुक्रबार ओमान एयरको कार्यालयअघि भेटिए। जर्मनीका डेभिडले आफ्ना सबै यात्राका कार्यक्रम रद्द गर्दै ओमान एयरको २४ तारिखको फ्लाइटको सम्भावना रहेको बताए। ओमान एयरले भने खालि जहाज पठाउने भएकाले त्यसमा जानसक्ने उनले बताए।
यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदेखि चैत १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान रद्द गरिसकेकाले उक्त निर्धारित उडान हुने नहुने निश्चित छैन। जर्मनीका अन्य केही नागरिकहरुले पनि ओमान एयरले टिकट पाइएको भन्दै खुसी व्यक्त गरेका छन्।
गोर्खाका कृष्णप्रसाद दुवाडीले भने उडान रद्द भएपछि आफू निर्धारित मितिमा लिस्बन जान नपाएको र अब केही महिना नेपालमै बस्नुपर्ने हुनसक्ने बताए।
भिडियाे: