नेपाल आउँदै गरेका नेपालीलाई विशेष व्यवस्था गर्न कार्यदल, बैँकहरु बन्द नहुने

नेपाल आउँदै गरेका नेपालीलाई विशेष व्यवस्था गर्न कार्यदल, बैँकहरु बन्द नहुने
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा शुक्रबार गरेको सम्बोधनअनुसारका कामलाई कार्यान्वयन गर्न मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्को उच्चस्तरीय समितिले मानिसहरुको आवागमनबाटै कोरोना भाइरस सर्ने डर हुने भएकाले लामो दूरीको सवारी साधन र हवाई सेवा रोक्ने निर्णय गरेको स्पष्ट पारेको छ।

समितिको बैठकबाट बाहिरिँदै अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले आपूर्ति व्यवस्था र ढुवानीलाई यसले कुनै असर नपुर्‍याउने जानकारी पनि दिए। उनले बैँकहरु बन्द नहुने जानकारी पनि गराए।

उनले अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिसकेको अवस्थामा केही व्यक्ति मर्कामा परेकाे उल्लेख गर्दै उनीहरुलाई स्थानीय दूतावासको सहयोगमा सुरक्षित ढंगले उद्धार गरेर क्वारेन्टाइनमा राख्ने जानकारी दिए। अत्यावश्यकबाहेक सार्वजनिक सेवाहरु निरुत्साहित गर्ने र मानिसहरुको जमघट रोक्ने पनि उनले जानकारी दिए।

उनले भने, ‘आवतजावतले संक्रमण नबढोस् भनेरै लामो दूरीको सवारी साधन बन्द गरेका हौँ। केही दिनका लागि हामी जहाँ छौँ त्यहीँ सुरक्षित ढ‌ंगले बसौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?