ऐन लागू भएको छ वर्षपछि पनि छुवाछूत उस्तै

+
-

काठमाडौँ-जातीय भेदभाव तथा छुवाछूत ऐन आएको छ वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। विसं २०६८ जेठमा सरकारले पहिलोपटक जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन लागू भएपछि विभेदकै कारण सातजना दलितले ज्यान गुमाउनुपरेको छ।

ऐन आइसकेपछि जातीय विभेदका कारण २०६८ भदौमा दैलेखका सेते दमार्इं, २०६८ मंसिरमा कालीकोटका मनवीर सुनार, २०६८ माघमा सप्तरीका शिवशंकर दास, २०६९ असारमा बर्दियाका रामबहादुर सार्की, रसुवाका कुमार नेपाली, २०७३ मा काभ्रेका अजित मिजार र लक्ष्मी परियारलगायतले ज्यान गुमाउनुपरेको छ।

जागरण मिडिया सेन्टरले गरेको एक अध्ययनअनुसार ऐन लागू भएपछि हालसम्म अन्तर्जातीय विवाह गरेका कारण, पानी छोएको निहुँमा वा चुलो छोइएको निहुँमा दैलेख, धादिङ र कालीकोटलगायतका जिल्लाबाट दर्जनौँ दलित समुदाय विस्थापित हुनु परेको छ।

सेन्टरका अध्यक्ष रेम विश्वकर्माले सरकारले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको ११÷१२ बर्ष हुनु तथा नयाँ संविधान कार्यान्वयन हुँदासमेत दलित समुदायले जातीय भेदभाव तथा छुवाछूतको समस्या भोग्नु विडम्बना भएको टिप्पणी गरे। कूल जनसंख्याको करिब १३ प्रतिशत जनसंख्या रहेको दलित समुदायले सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक समस्या भोग्दै आएको छ।

दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीले २१औँ शताब्दीमा पनि मान्छेलाई जातीय आधारमा विभेद गर्नु अपराध भन्दै त्यसलाई राज्यले नै समाधान गर्नुपर्ने बताए। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?