
पोखरा– कोभिड १९ को जोखिमका कारण यहाँ रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय शनिबारदेखि बन्द गरिएको छ।
सरकारले २५ जनाभन्दा बढी मानिसको जमघट हुने सांस्कृतिक तथा मनोरञ्जनात्मक स्थल बन्द गर्ने निर्णय गरेसँगै नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित सो संग्रहालय यही चैत २१ गतेसम्म सूचना टाँस गरेर पूर्णरुपमा बन्द गरिएको संग्रहालयका निर्देशक शङ्कर गौतमले जानकारी दिए।
उनले काेराेना भाइरसका कारण दिन प्रतिदिन संग्रहालय अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यासमेत क्रमिक रुपमा घट्दै आएको जानकारी दिँदै संग्रहालय हाताभित्रको सरसफाइ र सुरक्षाका गतिविधि भने यथावत रहने बताए।