मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै सचिवद्वारा सुरक्षाको माग

मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै सचिवद्वारा सुरक्षाको माग
+
-

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले ज्यान मार्ने धम्की दिएको भन्दै उनकै मन्त्रालयका सचिव डा. दीपककुमार खरालले सुरक्षाको माग गरेका छन्।

आफूले भनेअनुसारको काम नगरेको भन्दै मन्त्रीले ज्यान मार्ने धम्की दिएकीले आफू असुरक्षित भएको भन्दै सचिव खरालले सुरक्षाको माग गर्दै प्रदेश प्रमुख सचिवलाई शुक्रबार निवेदन दिएका छन्।

हरेक निर्णयमा मन्त्री ज्यूले नीति नियम मिचेर काम गर्ने गरेको बताउँदै सचिव खरालले भने, ‘मैले नीति नियममै रहेर काम गर्नभन्दा मन्त्री ज्यूले नै पेलेर काम गर्दै आउनु भएको थियो। मैले गलत काम नगर्ने भनेपछि मन्त्रीले नै कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिनुभयो।’

मन्त्रीले नै धम्क्याएपछि आफूलाई ज्यानको असुरक्षा देखेर सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव समक्ष सुरक्षाको माग गर्दै निवेदन दिएको उनले बताए।

‘मैले प्रमुख सचिव समक्ष निवेदन पेश गरेको छु’, उनले भने, ‘त्यसैको बोदार्थ कैलालीका प्रमुख जिल्ला अधिकारीलाई पनि दिएको छु।’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वन मन्त्रालयका सचिव खरालले जिल्ला प्रशासन कार्यालयमा असुरक्षा बढेको भन्दै बोदार्थ पत्र पठाएको बताए।

मन्त्रीको निजी सचिवालयले बनाएको कार्यक्रममा समर्थन नगरेको भन्दै सचिवलाई मन्त्रीले आफ्नै कार्यकक्षमा बोलाएर धम्क्याएको स्रोतले बतायो।

यता मन्त्री माया भट्टले सचिव खराल मन्त्रालयमा बस्नुभन्दा पनि लामो समयसम्म काठमाडौं बसिरहने गरेको बताउँदै भनिन्, ‘जनताका काम गर्न नसकेपछि आफूले सचिव खरालको सरुवा गर्न संघलाई आग्रह गरेकी हुँ।’ उनले सचिव खरालको सरुवा भइसकेको बताइन्।

मन्त्री भट्टले भनिन्, ‘मैले सरुवा गरेकी हुँ। धम्की दिएकी छैन। सरुवा गरेको रिसले उनले गलत प्रचार गरे।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?