भारतमा ‘जनता कर्फ्यु’ले सीमा बन्द, रातारात भित्रिए ३ हजार नेपाली

भारतमा ‘जनता कर्फ्यु’ले सीमा बन्द, रातारात भित्रिए ३ हजार नेपाली
+
-

धनगढी– कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन भन्दै भारत सरकारले आइतबार दिनभरका लागि सीमा क्षेत्र बन्द गरेको छ।

भारत सरकारले ‘जनता कर्फ्यु’ भन्दै आइतबार बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म पूरै भारत बन्द गरेको छ। बन्दकै क्रममा सीमा नाका समेत शिल गरिएका छन्।

सीमा बन्द हुने भएपछि आइतबार राति १२ बजेदेखि सीमाबाट नेपाल फर्कनेहरुको घुइँचो लागेको थियो। आइतबार राति १२ बजेदेखि बिहान ७ बजेसम्म गौरीफन्टा नाकाबाट मात्रै दुई हजार ९ सय ९७ जना भित्रिएको सशस्त्र सीमा सुरक्षा बल कैलालीका एसपी कमल तिम्सिनाले बताए। उनका अनुसार भारतले ‘जनता कर्फ्यु’ घोषणा गरेपछि रातभर स्वदेश फर्कने नेपालीहरुको भीड लागेको थियो।

रातभर नेपाल फर्कनेहरुको स्वास्थ्य परीक्षण गरिएको बताउँदै गौरीफन्टा नाकामा हेल्थ डेक्सका इन्चार्ज दिनेश ठकुल्लाले भने, ‘राति १२ बजेदेखि बिहान ७ बजेसम्म नेपाल फर्कनेको घुइँचो थियो।’

भारतीय समय अनुसार बिहान ७ बजेदेखि सीमा बन्द हुने भएपछि सीमा नजिकैको बजार पलियामा रोकिएका नेपालीहरु रातारात स्वदेश फर्केको उनले बताए।

भारत सरकारको निर्देशन अनुसार सीमानाका शिल गरिएको बताउँदै भारतीय सीमा सुरक्षाका बटालियन कमाण्डर मुन्ना सिंहले भने, ‘हाम्रोमा (भारत) आज एक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म जनता कर्फ्यु छ, त्यसैले सीमा बन्द गरेका हौँ।’ जनता कर्फ्युले सीमा क्षेत्रमा आवतजावत पूर्णरुपमा बन्द भएको उनले बताए।

यस्तै कञ्चनपुरस्थित गड्डाचौकीबाट पनि बिहान ७ बजे अगावै झण्डै चार हजार नेपाली भित्रिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?