भारतकाे ‘जनता कर्फ्यू’ले विराटनगर–जोगबनी नाकाबाट नेपाल आउने घटे

भारतकाे ‘जनता कर्फ्यू’ले विराटनगर–जोगबनी नाकाबाट नेपाल आउने घटे
+
-

मोरङ– भारतले ‘जनता कर्फ्यू’ लगाएसँगै विराटनगरको रानी–जोगबनी नाका भएर नेपाल आउने सर्वसाधारणको संख्यामा कमी आएको छ।

आवतजावतमा कमी आए पनि हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सञ्जयकुमार सिंहले शनिबार बिहान ७ बजेबाट दिउँसोसम्म इन्फ्रारेड थर्मोमिटरबाट करिब ९ सय जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए।

सिंहका अनुसार विगतका दिनभन्दा भारतबाट आउनेहरुको संख्यामा निक्कै कमी आएको छ।

हाल भारतबाट नेपाल आउने भन्दापनि विराटनगर आसपासबाट जोगबनीमा खरिद गर्न पुगेका सर्वसाधारण आएकाे सिंहको भनाइ छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा सतर्कताका लागि विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाले नगरका विभिन्न तीन स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ।

जसमध्ये विराटनगर विमानस्थलभित्र तीन स्थानमा, १ नम्बर ढाटमा र विराटनगर बसपार्कमा हेल्थ डेस्क रहेको महाशाखा प्रमुख रमेशकुमार कार्कीले जानकारी दिए।

कार्कीका अनुसार सोमबारबाट महानगरले एकीकृत जाँच चौकी(आइसिपी)मा डेस्क सुरु गर्ने भएको छ। हाल डेस्कका लागि ३५ जना स्वास्थ्यकर्मीलाई परिचालन गरेको छ।

कार्कीका अनुसार आइतबारदेखि महानगरको समन्वयमा विराटनगर बसपार्कमा समेत हेल्थडेस्क सुरु गरिएको छ। दिउँसोसम्म बसपार्कमा ७ सय जनाको ज्वरो परीक्षण गरिएको बसपार्कका पदाधिकारी भीम अधिकारीले जानकारी दिए।

त्यसैगरि विराटनगरबाट चल्ने छोटो तथा लामो दूरीको सवारीको चाप कम भएको अधिकारीले बताए।

बसपार्कबाट दैनिक ३ सय ५० वटा सवारी विभिन्न स्थानका लागि चल्ने अधिकारीले जानकारी दिए। शनिबार २ सय ५० वटा सवारी चलेकोमा आइतबार २ सयसम्म सो संख्या पुग्ने उनले बताए।

सोही क्रममा आइतबारबाट विराटनगरबाट काठमाडौँसम्मका लागि २ वटा ठूला बस मात्र बुकिङ भएको उनले बताए। विगतका दिन दैनिक १४ वटासम्म बस चल्ने गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?