कोरोनाको त्रास बढेपछि दाङको काेइलावास नाकामा कडाइ

कोरोनाको त्रास बढेपछि दाङको काेइलावास नाकामा कडाइ
+
-

दाङ– कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएपछि दाङको कोइलावास नाकाबाट नेपाल–भारत आवतजावतमा कडाइ गरिएको छ।

कोइलावास नाका हुँदै नेपाल–भारत आवतजावत गर्नेहरुको ज्वरो नाप्ने गरिएको छ। १०० डिग्रीभन्दा बढी ज्वरो देखिएका व्यक्तिहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन।

भारतबाट नेपाल आउन चाहने नेपालीको स्वास्थ्य परीक्षण गरेर मात्रै नेपाल प्रवेश गराइएको सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट कोइलावासका प्रमुख विशाल पाण्डेले जानकारी दिए।

‘नेपाल आउन चाहेका नेपालीहरुको स्वास्थ परीक्षण गरेर नेपाल प्रवेश गराइएको छ। भारत जान खोज्ने भारतीय नागरिकलाई पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर भारत पठाउने काम भैरहेको छ’, पाण्डेले भने, ‘सीमा क्षेत्रमा अनावश्यक आवतजावतलाइ पूर्णरूपले बन्द गरिएको छ।’

पाण्डेका अनुसार अत्यावश्यक काम बाहेक अनावश्यक रुपमा नाका वारपार गर्न दिइएको छैन।

‘दाङको खुला सीमानामा नेपालतर्फका नाकाहरुमा प्रहरी र स्थानीयको सहयोगमा कडाइ गरिएको छ भने भारततर्फ सीमा सुरक्षा वल एसएसबीले पनि हेल्थ डेस्क राखेर निगरानी थालेको छ’, पाण्डेले भने, ‘सीमा क्षेत्रका नेपाली बस्तीमा हामीले चेतनामूलक कार्यक्रमसमेत गरेका छौँ।’

कोइलावासको हेल्थ डेस्कमा मात्रै ३५ सयको जाँच


गत फागुन २२ गतेबाट कोइलावासमा हेल्थ डेस्क राखिएको थियो। नेपालबाट भारत जान चाहने र भारतबाट नेपाल आउन चाहने हरेक व्यक्तिको तापक्रम नाप्ने गरिएको छ।

अहिलेसम्म ३५ सयभन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको गढवा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सद्दाम सिद्धिकले जानकारी दिए। भारतबाट नेपाल आउन खोज्ने एक सयभन्दा बढी व्यक्तिलाई फिर्ता पठाइएको छ।

‘हेल्थ डेस्कले प्रभावकारी रुपमा काम गरिरहेको छ। ज्वरो आएका व्यक्तिलाई परामर्श दिएर फर्काउने गरिएको छ’, उनले भने, ‘कोइलावास बाहेक अन्य नाकामा समेत सीमा प्रहरी चौकी र स्थानीयले समेत नयाँ मान्छेलाई नेपाल प्रवेश गर्न दिनुभएको छैन।’

थप तीन नाकामा हेल्थ डेस्क


नेपाल–भारत सीमा क्षेत्रमा राजपुर गाउँपालिकाले तीन ओटा नाकामा हेल्थ डेस्क स्थापना गरेको छ। स्वास्थ्यकर्मीलाई नाका क्षेत्रमा खटाइएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए।

राजपुर गाउँपालिका वडा नम्बर १ पटौली, ६ को खांग्रा र ७ को भैंसाहीमा हेल्थ डेस्क राखिएको हो।

‘बढी मानिसहरुको आवत जावत हुने नाका खाग्रा नाका हो। अन्य नाकाबाट पनि फाट्टफुट्ट मानिस नेपाल आउने गरेका छन्। हामीले मनिसहरुको आवत जावत हुने ठाउँमा हेल्थ डेस्क राखेका छौं’, केसीले भने, ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय नागरिकको समन्वयमा नाकामा निगरानी बढाएका छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?