डब्लुएचओले नेपाललाई भन्यो- भारततर्फका नाका तत्कालै बन्द गर्नू

डब्लुएचओले नेपाललाई भन्यो- भारततर्फका नाका तत्कालै बन्द गर्नू
+
-

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि डब्लुएचओले सीमानाका तत्काल बन्द गर्न नेपाल सरकारसँग आग्रह गरेको हो।

तीनतिरबाट जोडिएको भारतीय सीमा नाकाबाट हरेक दिन हजारौँको संख्यामा नेपाली तथा भारतीय नेपाल आउने गरेका छन्।

कोरोना रोकथामका लागि डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोमकाे नेतृत्वमा बनेको ‘न्युक्लिसय टिम’ले आइतबार बिहान गरेको नियमित पत्रकार सम्मेलनमा नेपाल सरकारलाई यस्ताे सुझाव दिइएको हो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमानाका बन्द गर्न भारतीय विदेशमन्त्री एस जयशंकरसँग वार्ता गरे पनि भारतीय पक्षबाट अहिलेसम्म कुनै ठोस जवाफ प्राप्त भएको छैन।

डब्लुएचओले सीमानाकाबाट आउनेहरुलाई स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा बस्न र संक्रमण फैलिइहालेमा नियन्त्रणका लागि आपत्‌कालीन संयन्त्र बनाउन पनि नेपाल सरकारसँग आग्रह गरेकाे छ।

नेपाल सरकारको कोभिड १९ नियन्त्रण उच्चस्तरीय समितिले शनिबार नेपाल-भारत सीमामा कडाइ गर्ने निर्णय गरे पनि कस्तो कडाइ भन्ने स्पष्ट छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?