
काठमाडौँ– कोरोना भाइरसको त्रासका कारण लाखौँले काठमाडौँ उपत्यका छाडेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार मात्र दिउँसो २ बजेसम्म एक लाख २८ हजार पाँच सय ९२ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।
यो अवधिमा १८ हजार पाँच सय १९ जना काठमाडौँ भित्रिएको महाशाखाले जनाएको छ। यसअघि शनिबार २ लाख ६ हजारले काठमाडौँ उपत्यका छाडेका थिए।
शनिबार ६३ हजार ३ सय ११ जना काठमाडौँ उपत्यका भित्रिएको महाशाखाका प्रवक्ता जिवनकुमार श्रेष्ठले जानकारी दिए।
‘आइतबार साँझसम्म यो संख्या ह्वात्तै बढ्न सक्छ’, प्रहरी उपरिक्षक (एसपी) श्रेष्ठले भने।
सरकारले सोमबारदेखि लामो दूरीका सवारीसाधनमा रोक लगाएपछि काठमाडौँ छाड्ने ह्वात्तै बढेका हुन्।