
मेलबर्न- फैलँदो कोरोना भाइरस संक्रमणलाई रोक्न अस्ट्रेलियाले अत्यावश्यकबाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले क्याबिनेट बैठकपछि उक्त घोषणा गरेका हुन्।
अस्ट्रेलियामा पब, क्लब, जिमदेखि धार्मिक स्थलसमेत सोमबारदेखि बन्द हुनेछन्। अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या एक हजार ३ सय १५ रहेको छ । सात जनाको ज्यान गएको छ।
सिड्नीको न्यु साउथ वेल्समा पाँच सय ३३, मेलबर्नको सिड्नीमा २ सय ९६ र क्विन्सल्यान्डमा २ सय ५९ जना कोरोना संक्रमित छन्। सुपर मार्केट, पेट्रोलियम पम्प, औषधी पसल भने खुला रहने छन्।