
काठमाडौं-फ्युज मेसिनले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जानकारी दिन वेबसाइट सञ्चालनमा ल्याएको छ। उसले ल्याएको वेबसाइटको नाम कोभिड नेपाल रहेको छ।
कोभिड नेपाल वेबसाइटबाट नेपाल र विश्वमा कोरोना भाइरसको अवस्था के छ भनेर थाहा पाउन सकिन्छ । यो वेबसाइटमा आपतकालिन नम्बर समेत राखिएको छ।
जसमा नेपाल सरकारले प्रदान गरेका नम्बरहरु रहेका छन्। यो वेबसाइटबाट कहाँ गएर परीक्षण गर्ने र कहिले परीक्षण गर्ने बारेमा पनि सूचना प्राप्त गर्न सकिने छ।
त्यसैगरी कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि जानकारी प्राप्त गर्न सकिने छ।