कोरोना उपचारमा संलग्‍न स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता

कोरोना उपचारमा संलग्‍न स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता
+
-

काठमाडौँ‍-सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने निर्णय गरेको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चिकित्सकहरुको मनोबल बढाउन भन्दै ५० देखि शतप्रतिशत भत्ता दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना संक्रमितको उपचारका लागि बलम्बुमा रहेको शसस्त्रको अस्पताललाई कोरोना उपचारको डेडिकेटेड अस्पतालको रुपमा विकास गर्ने निर्णय भएको जानकारी दिए।

मन्त्रिपरिषद बैठकले कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने सामग्री खरिद र सहयोग लिन अर्थमन्त्रालयमार्फत अन्तरार्ष्ट्रिय समुदायसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ।

सरकारले भारत र चीत दुवैतर्फका सीमा एक हप्ता बन्द गर्ने निर्णय पनि गरेको छ। मन्त्रिपरिषद् बैठकले दुवैतर्फको सीमामा भइरहेको आवत-जावत चैत १६ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए।

त्यस्तै सरकारले कोरोनाविरुद्ध लड्न ५० करोड रुपैयाँको कोष खडा गर्ने निर्णय गरेको छ। कोषमा मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने र सार्वजनिक रुपमा पनि रकम संकलनका लागि आह्वान गर्ने भएको छ।

त्यस्तै सरकारले सीमा नाकाबाट संकास्पदलाई अस्पतालसम्म पुर्‍याउन, सुरक्षाकर्मी र चिकित्सकसहितको टोली र एम्बुलेन्स तयारी अवस्थामा राख्ने जानकारी दिएको छ।

खतिवडाले कोरोना संक्रमितलाई राख्न तीनै तहका सरकारले क्वारेन्टाइन बनाउने र त्यसको संयोजन पर्यटनमन्त्री योगेश भट्टराईले गर्ने गरी जिम्मेवारी दिएको जानकारी दिए।

मन्त्रिपरिषदले सरकारी कर्मचारीलाई नियमित रुपमा कार्यालय आउन निर्देशन दिने, उद्योग वाणिज्य आपूर्ति मन्त्रालले बजार अनुगमनलाई नियमित रुपमा अनुगमन गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीको नाममा भएको सम्बोधनमा व्यक्त भएका विषयलाई कार्यान्वयन गर्न कार्यतालिका बनाएर काम गर्ने निर्णय गरेको छ।

त्यस्तै सरकारले कोरोना संक्रमण रोक्नका सहयोग गर्ने राजनीतिक दल, सञ्चार माध्यम, सामाजिक संघ संस्थालाई धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गर्ने निर्णयसमेत गरेको प्रवक्ता खतिवडाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?