अमेरिकामा कोरोना भाइरसको इपिसेन्टर न्यूर्योक, १० दिनलाई मात्रै पुग्ने स्वास्थ्य सामग्री

अमेरिकामा कोरोना भाइरसको इपिसेन्टर न्यूर्योक, १० दिनलाई मात्रै पुग्ने स्वास्थ्य सामग्री
+
-

अमेरिकाको न्यूर्योकमा कोरोना भाइरसको संक्रमण थप खराब बन्ने चेतावनी शहरका मेयरले दिएका छन्।

अबको केही दिनभित्रै अत्यावश्यक मेडिकल इक्इप्मेन्ट (स्वास्थ्य सामग्री) को अभाव हुने र यसले शहरको अवस्था अकल्पनीय हुने जोखिम रहेको मेयर बिल डी ब्लासिओले बताएका हुन् ।

उनले भनेका छन्, ‘अबको १० दिनसम्मका लागि पुग्ने मात्रै स्वास्थ्य सामग्री छ, त्यसपछि ठूलो अभाव सिर्जना हुनेछ । हामीले थप भेन्टिलेटर प्राप्त नगरेमा मानिसहरु मर्ने छन् ।’

न्यूर्योक राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । अमेरिकामा अहिलेसम्म ३२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा झण्डै आधा न्यूर्योक राज्यमा छ । अमेरिकामा अहिलेसम्म चार सयजना भन्दा बढीको मृत्यु भएको छ ।

न्यूर्योकमा शनिबारसम्म संक्रमितको संख्या चार हजार भन्दा बढी थियो, तर आइतबार यो संख्या बढेर १५ हजार १६८ भन्दा बढी पुगेको हो । विश्वमा संक्रिमत भएका मध्ये पाँच प्रतिशत न्यूर्योकमा छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेजर डिजास्टरको घोषणा गरेका छन् राज्यका लागि र केन्द्र सरकारले अर्बौँ डलरको सहयोग प्रदान गर्ने भएको छ । तर केन्द्र सरकारले उपयुक्त सहयोग नगरेको भन्दै मेयर डी ब्लासिओले आलोचना गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?