जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाउने, चान्सलर मर्केल क्वारेन्टाइनमा

जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाउने, चान्सलर मर्केल क्वारेन्टाइनमा
+
-

जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाइने भएको छ । कोरोना भाइरसको महामारी थप फैलिन नदिने प्रयासमा रहेको जर्मनी सरकारले सार्वजनिक स्थानमा हुने भेलामा थप कडा नियम लागु गरेको हो ।

अब सार्वजनिक स्थानमा दुईजना भन्दा बढी भेला हुन पाउने छैनन् । जर्मन चान्सलर एङ्गेला मर्केलले टेलिभिजन मार्फत गरेको सम्बोधनमा भनेकी छन्, ‘भाइरसको संक्रमण कम गर्नका लागि हाम्रै बानी सबैभन्दा प्रभावकारी उपाय हो ।’

नयाँ नियम लागु भएसँगै सैलुन, ब्युटिपार्लर र मसाज स्टूडियो पनि बन्द भएका छन् । अत्यावश्यक बाहेकका अरु पसलहरु यसअघि नै बन्द भएका थिए ।

टेलिभिजन सम्बोधनपछिको केही समयपछि नै चान्सलर मर्केल पनि क्वारेन्टाइनमा बसेको उनको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको बिबिसीले जनाएको छ ।

६५ वर्षकी उनलाई गएको शुक्रबार डाक्टरले निमोनिया गराउने ब्याक्टेरिया विरुद्धको खोप लगाएका थिए । चान्सलर मर्केलमा अहिले कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसपछि उनी क्वारेन्टाइनमा बसेकी हुन् । उनीको स्वास्थ्य र नमून हरेक दिन परीक्षण हुने र उनले केही दिन घरबाटै काम गर्ने जनाइएको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था रहेको जर्मनीमा अहिलेसम्म १८ हजार ६१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म जर्मनीमा कोभिड–१९ का कारण ५५ जनाको मृत्यु भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?