
बलात्कार तथा यौन अपराधको अभियोगमा दाेषी ठहर भइ जेल जीवन बिताइरहेका हलिउडका पूर्व मुगल हार्बी वाइन्स्टिनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
सामाचार संस्था रोयटर्सका अनुसार वाइन्स्टिनलाई एल्डेन (न्यूयोर्क) को वेण्डे करेक्शनल फेसिलिटीमा आइसोलेशनमा राखिएको छ ।
जेल अधिकारीका अनुसार वेण्डे करेक्शनल फेसिलिटीमा अरु दुईजना कैदीमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ ।
बलात्कार तथा यौन अपराधको मामिलामा वाइन्स्टिनलाई २३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई गत महिना न्यूयोर्कस्थित अदालतले दोषी ठहर गरेको थियो ।