
काठमाडौँ – कोरोना रोकथामका लागि जारी गरिएको ‘लकडाउन’लाई मानिसहरुले गम्भीरताका साथ नलिएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत एक सन्देश जारी गर्दै आफ्नो, परिवारको र समाजको रक्षाका लागि ‘लकडाउन’को निर्देशन गम्भीरताका साथ पालना गर्न अपील गरेका छन् ।
लॉकडाउन को अभी भी कई लोग गंभीरता से नहीं ले रहे हैं। कृपया करके अपने आप को बचाएं, अपने परिवार को बचाएं, निर्देशों का गंभीरता से पालन करें। राज्य सरकारों से मेरा अनुरोध है कि वो नियमों और कानूनों का पालन करवाएं।
— Narendra Modi (@narendramodi) March 23, 2020
भारतमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि २२ राज्यका ७५ जिल्लामा ‘लकडाउन’को स्थिति छ । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म भारतमा ७ जनाको मृत्यु भएको छ ।