काेराेना ‘युद्ध’का फ्रन्टलाइनरहरु

कोरोना भाइरस विरुद्धका बहादुर योद्धा

कोरोना भाइरस विरुद्धका बहादुर योद्धा
+
-

मानव समुदायले अहिले विश्वव्यापी रुपमा एउटा ‘युद्ध’ लडिरहेको छ, र यो युद्धको एक मात्र साझा शत्रु हो, कोरोना भाइरस।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अहिलेसम्म विश्वभर १४ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । तीन लाख ३० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसविरुद्धको युद्धमा विश्वव्यापी समन्वयको काम गरिरहेको छ डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले र विश्वभरका सरकारहरुले आ–आफ्नो स्तरबाट प्रयास जारी राखेका छन् । तर कोरोना भाइरस विरुद्धको विश्वव्यापी ‘युद्ध’ को ‘फ्रन्टलाइन’ (अग्रपंक्ति) मा छन् स्वास्थ्यकर्मीहरु ।

डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीहरुले विश्वभर दिनरात नभनी लगातार सेवा प्रदान गरिरहेका छन् । उनीहरुले बिरामीको ज्यान जोगाउनका लागि शरीरिक आरामलाई त्यागेका छन् ।

गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीको इपिसेन्टर अहिले युरोपको इटाली बनेको छ । इटालीमा पाँच हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

इटालीका डाक्टर तथा नर्ससहितका स्वास्थ्यकर्मीले लगातार काम गर्नु परेको छ । यसले गर्दा उनीहरुमा थकानको अवस्था आएको छ । तर पनि सेवालाई निरन्तरता दिएका उनीहरुप्रति विश्वभरबाट आभार तथा कृतज्ञतासहितका सन्देशहरु सामाजिक सञ्जालमा पोस्ट भएका छ्न ।

त्यसमाथि लगातारको सेवापछि स्वास्थ्यकर्मीको अवस्थाको तस्बिरले देखेपछि स्वास्थ्कर्मीप्रति सम्मान प्रकट गर्ने धेरै छन् ।

डा. निकोला स्गार्बी, इटालीको मोदेनाका बासिन्दा हुन् । ३५ वर्षका यी डाक्टरको तस्बिर अहिले सामाजिक सञ्जालमा विश्वव्यापी रुपमा सेयर भइरहेको छ ।

उनको जीवन मार्च १३ यता परिवर्तन भएको छ । इटालीमा महामारी फैलिएपछि उनी कोरोना भाइरसका बिरामीको सेवामा लागेका छन् ।

मार्च १३ मा उनले मोदेनामा रहेको सिभिल हस्पिटल अफ बाग्गिओवाराको आइसियूमा लगातार १२ घण्टा सेवा गरेपछि बेलुका ८ बजेतिर सेल्फी लिएका थिए । सो सेल्फी हाल विश्वभर स्वास्थ्यकर्मीको सेवाको प्रतिकका रुपमा सेयर भइरहेको छ ।

व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) लगाएर लगातार सेवा गर्दा उनको अनुहारमा माक्ससहितका पिपिई सामग्रीको डाम बसेको र घाउ नै भएको देखिएको छ । डा. स्गार्बी जस्तै अरु स्वास्थ्यकर्मीको तस्बिरहरु पनि उस्तै देखिएका छन् ।

डा. स्गार्बीले सो सेल्फीका बारेमा भनेका छन्, ‘मैले सेल्फी लिनुका प्रमुख दुई कारण थिए । पहिलो, सो तस्बिर मेरी प्रियसीलाई पठाएर काम सकी घर फर्किँदै छु भन्न चाहन्थेँ । दोस्रो, मेरो एक वर्षकी छोरी छन्, उनी ठूलो भएपछि यो क्षणका बारेमा बताउन चाहन्थेँ ।’

इटाली, चीन, अमेरिका, स्पेन, जर्मनीसहितका देशमा स्वाथ्यकर्मीहरुले लगातार काम गरिरहेका छन्।

चीनको वुहानमा लगातारको सेवापछि नर्स कोओ शान ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?