कोरोना भाइरसविरुद्धका २० वटा खोपमा परीक्षण चल्दै

कोरोना भाइरसविरुद्धका २० वटा खोपमा परीक्षण चल्दै
+
-

कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्व स्वास्थ्य संगठनले विश्वभरका वैज्ञानिकसँग सहकार्य गरिहेको छ । वैज्ञानिकहरुको टोलीले कम्तिमा २० वटा सम्भावित खोपहरुमा काम गरिरहेको छ ।

केही खोपहरुको मानवीय परीक्षण सुरु भइरहेको छ । ६० दिनको प्रयासमै वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धका सम्भावित वैकल्पिक खोपहरु बनाउन सफल भएका हुन् ।

कोभिड–१९ विरुद्धको खोप बनाउने प्रक्रियामा छोटो अवधिमा भएका उपलब्धीहरु ‘ड्रामेटिक’ रहेको डब्लुएचओको आपतकालीन कार्यक्रमकी प्राविधिक प्रमुख डा. मारिया भान केर्खोभले बताएकी छन् ।

सार्वजनिक प्रयोगका लागि खोप उपलब्ध हुन अझै धेरै समय लाग्ने, तर त्यसका लागि परीक्षणहरु भइरहेको डब्लुएचओले जनाएको छ । परीक्षणपछि सुरक्षित खोप स्वीकृत हुनका लागि १८ महिनासम्म लाग्ने वैज्ञानिकले बताएका छन् ।

डब्लुएचओको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायले भने, ‘खराब भाइरसले भन्दा खराब खोपले बढी नोक्सानी गर्ने भएको खोपको परीक्षण राम्रोसँग गरिनु पर्छ ।’

उनले अघि भनेका छन्, ‘सम्भावित खोपमा कुनै पनि कमजोरी नहोस् भन्नका लागि हामी अति नै सचेत छौँ ।’ अमेरिका र चीनमा हाल सम्भावित मध्येका खोपको मानवीय परीक्षण भइरहेको छ । यस्तै अमेरिकामा दुईवटा औषधिको पनि परीक्षण भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?