
काठमाडौँ – पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद प्रदीप यादवले एक महिनाको पारिश्रमिक कोरोनाबाट हुने आपत र विपत्तिको लागि दिने घोषणा गरेका छन् ।
नेपाल सरकाले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथाम गर्नका लागि केन्द्रीय कोष स्थापना गरेकोमा सरकारको यो निर्णय स्वागतयोग्य रहेको बताउँदै सांसद यादवले संसद सचिवालयबाट पाउने एक महिना बराबरको पारिश्रमिक दिने घोषणा गरेका हुन् ।
उनले सरकारले स्थापना गरेको कोषमा आ–आफ्नो तर्फबाट योगदान गर्न सबैमा अह्वान समेत गरेका छन् ।
विपत्ति विरुद्ध लड्न सरकारले गर्ने निर्णयहरु पालना गर्न समेत उनले आग्रह गरेका छन् ।