‘सील’पछि नेपालगञ्‍ज नाका (फोटो फिचर)

‘सील’पछि नेपालगञ्‍ज नाका (फोटो फिचर)
+
-

नेपालगञ्‍ज-सरकारले उत्तर र दक्षिण नाका बन्द गरेको छ। मन्त्रीपरिषद्ले निर्णय गर्नुअघि नै बाँके प्रशासनले नेपालगञ्ज नाका सील गरिसकेको थियो ।
सीलपछिको नाकामा सोमबार विहान भने धेरै भिड थियो।

भारतका विभिन्न ठाउँबाट आएका पाँच सय बढी नेपाली रुपैडिहा फसेका थिए। उनीहरुलाई कसरी नेपाल ल्याउने भन्नेमा निर्णय गर्न भने धेरै समय लाग्यो । विहान चार बजे रुपैडिहामा आइपुगेका नेपालीलाई साढे एघार बजेपछि मात्रै पालैपालो नेपालगञ्ज भित्र्याइएको छ। नाकामा भारततिर जानेको पनि लाइन लामै थियो।

नाकामा लाइन लगाएर राखिएका नेपालीलाई स्वास्थ्य जाँच गरी माक्स लगाउन लगाउनुका साथै हात धुन लगाएर नेपाल प्रवेश गराइएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको टाक्सफोर्सले स्थानीय महेन्द्र बहुमुखी क्याम्पसलाई क्वारेन्टाइनको रुपमा परिणत गर्दै भारतबाट आएका सबैलाई त्यहाँ राखिएको छ।

अलपत्र परेका नेपालीलाई व्यवस्थित तरिकाले नेपाल ल्याउन प्रदेश सांसद आइपी खरेल र कृष्णा केसी नमुना, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, एसपी वीरबहादुर ओली, सशस्त्रका एसपी दीपक अधिकारी, डीएसपी शिवबहादुर सिंहलगायतको टोली नाकामा पुगेका थिए।

सबैलाई नगर बसमा राखेर क्वारेन्टाइन बनाइएको महेन्द्र बहुमुखी क्याम्पसमा ल्याइएको छ। क्वारेन्टाइनमा सबैको स्वास्थ्य जाँच गर्ने र सम्बन्धित जिल्लालाई खबर गरेर पठाउने प्रमुख जिल्ला अधिकारी खड्काले बताए।

ज्वरो आएका, रुघाखोकी लागेका व्यक्ति भेटिएमा उनीहरुलाई यही उपचार गरिने छ। बिरामीलाई उपचार गर्नका लागि भेरी, शिक्षण अस्पतालमा बेड छुट्याइएको छ भने लायन्स डेन्टल अस्पताललाई ४० बेडको अस्थायी आइसोलेसन अस्पताल बनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?